छिन्चु बजार सरसफाई कार्यक्रम सम्पन्न,फोहोर व्यवस्थापनका लागि १३ वटा वेस्टविन राखियो

कुलेन्द्र शाही भेरीगंगा / सुर्खेतको भेरीगंगा नगरपालीकाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । भेरीगंगा नगरपालीका नगरकार्यपालीकाको आयोजनामा वडा नं १२ छिन्चु बजारमा बृहत सरसफाई कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रममा छिन्चु बजार सडकको दायाँबायाँ रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरी नगरपालिकाको टिपरले उठाएको छ । कार्यक्रममा भेरीगंगा नगरपालीकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले वातावरण स्वच्छ राख्न सबैको महत्वपुर्ण जिम्मेवारी हुनुका साथै जनचेतनाको समेत खाचोँ भएको बताए ।

darshan khabar

कार्यक्रममा नगरप्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा,प्रमुख प्रसासकीय अधिकृत कुष्ण प्रसाद पोख्रेल, उद्योग विकास शाखा प्रमुख पिताम्बर पौैडेल,नेपाल प्रहरी लगाएत विभिन्न गैरसरकारी संस्थाका पदाधिकारी र स्थिानिय नागरिकहरुको उपस्थिति रहेको थियो भने एक हप्ता अगाडी मात्रै फोहोर व्यवस्थापनका लागि भेरीगंगा नगरपालीका,वातावरण तथा जनस्वास्थ्य संस्था (एनफो) र शारदा मा. वि छिन्चुको संयुक्त साझेदारीमा भेरीगंगाको छिन्चु बजार क्षेत्रको विभिन्न स्थानमा वेस्टविन राखिएको छ ।

Open photoOpen photo

भेरीगंगा नगरपालीका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर डाँगीकोे अध्यक्षतामा भएको कार्यक्रममा वातावरण तथा जनस्वास्थ्य संस्था (एनफो) ले १३ वटा पुुन प्रशोधन हुने प्लाष्टिकको बोत्तलहरु राख्ने वेस्टविन हस्तान्तरण गरेको हो । वडा अध्यक्ष डाँगीले एनफोले बातावरण प्रदुषण रोक्नका लागि वेस्टविन वितरण गरेकोमा धन्यवाद दिंदै आफ्नो क्षेत्रका वडावासिलाई वातावरण सफा राख्न सचेत गर्ने बताए ।


तपाईको प्रतिक्रिया