राजन रावत सिमकोट – शनिबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा हुुम्ला फुटबल एकेडेमी विजेता भएको छ। उस्तै उमेर समूहको कैलाश बोधी बोर्डिङ स्कुुलको टिमसँग एकेडेमी विजयी भएको हो।
सिमसिम पानी परिरहेकाले हिलामम्मे मैदानमा सञ्चालन भएको खेलमा एकेडेमीले १ का विरुद्ध २ गोल गरेर विजयी भएको हो।
खेलको पहिलो हाफमा कैलाश बोधीका टिम क्याप्टेन कन्जोक लामाले १ गोल गरेका थिए भने दोस्रो हाफमा एकेडेमीले २ गोल गर्न सफल भएको थियो। जसमा पहिलो गोल हिक्मत परियारले गरेका थिए भने दोस्रो गोल अंगत रोकायाले गरेका थिए।
प्रतियोगितामा रोकाया म्यान आफ द म्याच घोषित भएका थिए। प्रतियोगिता एकेडेमीको आयोजनामा सञ्चालन भएको थियो। खेल निकै रोचक र प्रतिस्पर्धी रुपमा सञ्चालन भएको थियो।


दर्शन खबर । १४ श्रावण २०७९, शनिबार