कुलेन्द्र शाही भेरीगंगा / सामान्य अवस्थामा हरेक प्राणी आफ्नो लागि आफै संघर्ष गरिरहेकै हुन्छ । अझ महसुस र अनुभूत गर्ने गरि मानिसले बाच्नको लागि हरेक पलपलमा संघर्ष गर्दै, परिवार, आफन्त र समाजको लागि उत्तरदायी बनिरहेको हुन्छ ।
त्यस्तै एक कर्मठ परिश्रमिक र कलाकार सुर्खेतको भेरीगंगा नगरपालीका ४ बाउनीचौरका २८ वर्षिय क्यान्सर पीडित प्रेम परियार पनि करिब ४ बर्षदेखि आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेका छन भने परियारको उपचारका लागि सहयोग आउने क्रम पनि जारी रहेको छ ।
क्यानसर पीडित प्रेम परियार बचाउ अभियान मार्फत अफ्रिकी मुलुक दक्षिण सुडान रुम्बेक स्थित शान्ति सेनामा कार्यरत भेरीगंगा नगरपालीकाका विभिन्न वडामा घर भएका र दैलेखको दुल्लु नगरपालीकाका सैनिक व्यक्तिले केहि रकम सहयोग गरेका छन ।
सहयोग गर्नेहरुमा भेरीगंगा नगरपालिका वडा नम्बर १० तालबारीका सह सेनानी इन्द्र बहादुर खड्काले ३ हजार, वडा नम्बर १० थानीचौरका गणेश रोका मगर र प्रेम रानाले २ हजार ४ सय, झिल्मिलेका भुपेन्द्र घर्ति र पन्चराम सुनारले २ हजार ४ सय, वडा नम्बर ११ भिमपुरका कृष्ण बुढाथोकीले २ हजार ४ सय, कांसीपुर कुल बहादुर जिसीले २ हजार ४ सय सहयोग गरेका छन ।
यस्तै वडा नम्बर ४ दमारगाउँका पल बहादुर देवकोटाले २ हजार ४ सय, वडा नम्बर १२ मसिनाका गोपाल बि पु ले २ हजार ४ सय र दैलेखको दुल्लु नगरपालीका ८ धुलिश्वरका सैनिक ध्रुव कुमार वनसन्यासीले १ हजार २ सय गरि जम्मा २३ हजार ४ सय रकम उपलब्ध गराएको समन्वयकारी भुमिका भेरीगंगा नगर युबा संघ नेपालका नगर इन्चार्ज तथा युबा समाज सेबि देब राज वलीले बताए ।
पारिवारिक अवस्था नाजुक भएको कारणले उपचार गर्न निकै समस्या परिरहेकोले सहयोग गर्न चाहाने सहयोगी मनहरुलाई आप्mनो इच्छा अनुसारको सक्दो रकम सहयोग गरेर प्रेमको जिबन बचाँइदिन उनको परिवारले अपिल समेत गरेको छ ।
तपाईंको सानो सहयोगले प्रेमको जिबन रक्षा हुन सक्छ त्यसैले तपाईंले आफुले सकेजती रकम सहयोग गर्न सक्नुहुनेछ । सहयोग लागि उनका भाई शेर बहादुर दमाईको सिभिल बैंकको खाता नम्बर ०८९१०५८७४५४०१२ मा सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ ।


दर्शन खबर । १३ श्रावण २०७९, शुक्रबार