गाउँले बहुउद्देश्यीय सहकारीको नवनिर्मित भवन उद्घाटन

कुुलेन्द्र शाही सुर्खेत / सुर्खेतको चिंङ्गाडमा सञ्चालित श्री गाउँले बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सुर्खेतको चिंङ्गाड गाउपालीका ३ मटेलामा निर्माण गरिएको भवन बिहिवार एक कार्यक्रमका बिच गाउपालीका अध्यक्ष बोध बिक्रम जिसीले रिवन काटेर उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै गाउँपालीका अध्यक्षले सुर्खेतकै भौगोलिक बिकट ठाउमा सहकारीले आफ्नै भवन सञ्चालन गर्न सफल भएकोमा आफु खुसी भएको र सबै नागरिक उत्पादनमा जोडिनुपर्ने बताए । उनले सहकारीले संस्थापना गरेको भवनबाट कृषि संकलन तथा विक्री गर्ने भएकाले शेयर सदस्यहरु तथा स्थानीयहरुले भवनको उपभोग गर्न सक्ने बताए ।May be an image of 7 people and people standing

अध्यक्ष जिसीले भने–‘कृषि उत्पादनहरु विक्री हुँदैनन भनेर उत्पादन नै नगर्ने गर्नु हुँदैन । अब सवै उत्पादनमा जोडिनुपर्छ र उत्पादन गरेका तरकारी तथा अन्य खाद्यन्नहरु बजारीकरणको लागि सहकारीको संकलन केन्द्रले सहजिकरण गर्नेछ ।’ अध्यक्ष जिसीले सहकारीलाई आफ्नो व्यक्तिगत र गाउपालीकाबाट सक्दो सहयोग गर्ने बताए ।

‘सहकारीले शेयर सदस्य तथा स्थानीयहरुले उत्पादन गरेको कृषिजन्य तरकारीहरु संकलन केन्द्र मार्फत विक्री गर्ने जनाएको छ । यस्तै कार्यक्रममा बोल्दै सहकारी संस्थाका अध्यक्ष नरसिं जिसीले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन । सहकारीमा शेयर सदस्यहरुको हितका लागि संस्थाले विभिन्न काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि सोही अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

May be an image of 4 people and people standing

उक्त भवन कर्णाली प्रदेशको सर्शत अनुदान २० लाख र संस्थाको श्रमदान ३ लाख ६३ हजार २ सय ६५ रुपैंया ३५ पैसाको लागतमा निर्माण सम्पन्न भएको संस्थाका अध्यक्ष जिसीले बताए ।

नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गाउपालीका अध्यक्ष बोध बिक्रम जिसी उपाध्यक्ष मिना कुमारी रोकाय, माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी उपाध्यक्ष कृष्ण जिसी जितेन्द्र, वडा नम्बर ३ का वडा अध्यक्ष वीर बहादुर जिसी, वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर राना, सहकारी संस्थाका अध्यक्ष नरसिं जिसी, संस्थाका उपाध्यक्ष मान बहादुर राणा, संस्थाका सचिव जैसिङ नेपाली लगाएत अन्य व्यक्तिहरुको पनि उपस्थिती थियो भने कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष राणाले गरेका थिए ।

संस्थामा आई.एम.ई रेमिटेन्स, बाल बचत, दैनिक बचत लगाएत अन्य सेवाहरु रहेका छन भने हाल उक्त सहकारीको शेयर सदस्य ८ सय भन्दा बढी रहेको संस्थाका अध्यक्ष जिसीले जानकारी दिए।

May be an image of 6 people, people sitting and outdoorsMay be an image of 5 people and people standing


तपाईको प्रतिक्रिया