काठमाण्डौका लागि उडेको जहाजमा समस्या देखिएपछि पोखरा नै फर्काइयो

सुर्खेत/ पोखराबाट काठमाण्डौका लागि उडेको यति एअरलाइन्सको एउटा जहाजको इन्जिनमा समस्या देखिएको छ । समस्या देखिएपछि ‍जहाजलाई पोखरा नै फर्काइएको छ ।

उडेको ६ मिनेटमै जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । उनका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको हो ।

बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए । इन्जिनियरहरुले जहाजको जाँच थालेका एअरलाइन्सले जनाएको छ ।


तपाईको प्रतिक्रिया