यति कम तलब लिन्छन् ट्वीटरका कार्यकारी अधिकारी रु चकित हुनुहुनेछ तपाईं

एजेन्सी
संसारको दिग्गज माइक्रो ब्लगिङ साइट ट्वीटरका कार्यकारी अधिकारी ज्याक डोर्सीले सन् २०१८ मा यति तलब लिएका थिए, जुन थाहा पाउँदा तपाईं चकित हुनुहुनेछ । उनले वर्षभरीका लागि १।४० डलर लगभग एक सय ५५ रुपैयाँ तलब लिएका छन् । यतिमात्रै होइन, उनले सन् २०१५ मा मुख्य कार्यकारी अधिकारी बनेपछि पहिलो पटक तलब लिएका हुन् ।

कम्पनीले यूएस सिक्योरिटीज एण्ड एक्सचेन्ज कमिशनलाई ट्वीटर इंकका कार्यकारी अधिकारी ज्याक डोर्सीले सन् २०१८ मा १।४० डलर तलब पाएको जानकारी दिएको छ । डोर्सी ट्वीटरका सह–संस्थापक हुन् । उनी कम्पनीको सुरुवाती दिनमा पनि दुई वर्षसम्म मुख्य कार्यकारी अधिकारीको पदमा रहे तर सन् २००८ मा उनले यो पद छोडेका थिए । त्यसपछि सन् २०१५ मा उनी पुनः ट्वीटरका प्रमुख बने । उनले सन् २०१५, २०१६ र २०१७ मा कम्पनीको तर्फबाट कुनै पनि तलब र लाभ नलिएको बताइन्छ । यसका साथै उनले मोबाइल पेमेन्ट कम्पनी स्क्वायरबाट पनि २।७५ डलर वार्षिक तलब पाउँछन् । डिसेम्बर सन् २०१८ मा डोर्सीले स्क्वायरमा भएको आफ्नो १७ लाख सेयर बेचेका थिए । फोर्ब्सका अनुसार यसले उनको करिब ८ करोड डलरको कमाई भयो । अहिले उनको कूल सम्पत्ति करिब ४।७ अर्ब डलरको छ जसमा करिब ३।९ अर्ब डलर मूल्य स्क्वायरको ६।१ करोड सेयर पनि समावेश छ । ट्वीटरमा पनि डोर्सीको करिब ६० करोड डलर मूल्यको सेयर छ । उनले यसको कुनै सेयर बेचेका छैनन् जबकी ट्वीटरका अर्का सह–संस्थापक इवान विलियसम्ले अप्रिल २०१८ देखि अहिलेसम्म आफूसँग भएको ट्वीटरका करिब ५० प्रतिशत सेयर बेचिसकेका छन् ।

यद्यपि, डोर्सी एक्ला व्यक्ति होइनन् जो एक डलर आसपासको तलब लिन्छन् । फेसबुकका कार्यकारी अधिकारी मार्क जुकरबर्ग, ओरेकलका ल्यारी एलिसन र गुगलका ल्यारी पेज एवं सर्जे ब्रिन पनि वर्षमा एक डलरको सम्पत्ति लिन्छन् । सन् २०१२ मा मार्क जुकरबर्गले वार्षिक तलब र बानसको रुपमा ७।७० लाख डलर लिएका थिए । अहिले उनी सबैभन्दा कम तलब लिने फेसबुक कर्मचारी हुन् ।

एक डलर तलब किन लिन्छन् ठूला अधिकारी रु

अमेरिकी कम्पनीका ठूलो अधिकारीबीच प्रतिकात्मक रुपमा एक डलर आसपासको तलब लिने प्रचलन बढिरहेको छ । वास्तवमा उनीहरुको सेयर वा अन्य तरिकाले यति धेरै कमाई हुन्छ कि उनीहरु तलब नलिएर कम्पनीका कर्मचारीलाई राम्रो सन्देश दिन चाहन्छन् । त्यसकारण प्रतिकात्मक रुपमा उनीहरु एक डलर तलब लिन्छन् । १९ औं शताब्दिमा जब युद्धको स्थिती थियो त्यतिबेला पनि अमेरिकी कम्पनीका शीर्ष अधिकारीले एक डलर तलब लिने चलन सुरु गरे । यति कम तलब लिएर कम्पनीका मुख्य कार्यकारी अधिकारीले आफूले पूरा ध्यान कम्पनीको सेयरको मूल्य बढाउन केन्द्रीत गरिरहेको भनेर संकेत गर्न चाहन्छन् । किनभने उनीहरुको कमाई यी सेयरबाटै हुन्छ ।

तपाईको प्रतिक्रिया