वीरेन्द्रनगरमा सवारी चापसँगै सडक असुरक्षा पनी बढ्दै

सुर्खेत । वीरेन्द्रनगरमा सवारी साधनको संख्या अत्यधिक हुँदा सडक दुर्घटनाको जोखिम बढेको छ । वीरेन्द्रनगरमा मात्रै नभइ हाल ग्रामीण भेगमा समेत सवारी साधनको चाप बढ्न थालेको जनाइएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयले सवारी साधनको संख्यामा वृद्धि हुनु, सडक संरचना अव्यवस्थित हुनु तथा ट्राफिक नियमको पालना नहुनुले दुर्घटनाको जोखिम हरेक वर्ष बढ्दो क्रममा रहेको छ ।
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुुख ‐प्रहरी उपरीक्षक भुुवनेश्वरी तिवारी सवारी साधनको अत्यधिक चाप भएपनि सोहीअनुसार सडक सुरक्षामा खटिने प्रहरीको संख्या भने न्यून रहेको बताउँछन् । उनका अनुसार जनशक्ति अभाव र आर्थिक कारोबारसमेत अपारदर्शी भएको गुनासो आउन थालेपछि पछिल्लो समय सवारी इन्ट्री तथा चेकजाँचसमेत सिमित ठाउँमा मात्रै गर्ने गरिएको छ ।
सडक दुर्घटनाको जोखिम बढ्न थालेपछि न्यूनीकरणका लागि प्रहरीले सचेतनादेखि कारबाहीसम्मका कार्ययोजना अघि सारेको छ । प्रहरीका अनुसार मुख्यगरी कर्णाली राजमार्गमा दिनहुँजसो सवारी दुर्घटना भइरहेका छन् । यो राजमार्गमा जीर्ण र साँघुरो सडकका कारण दुर्घटनाको जोखिम बढी रहेको हो । कर्णाली राजमार्ग लामो समयदेखि स्तरोन्नति हुन सकेको छैन । टाइम कार्ड लागू भएपछि दुर्घटना न्यूनीकरण हुने ट्राफिक प्रहरीको विश्वास छ ।

 

त्यस्तै, सडक सुरक्षाका लागि प्रहरीले पार्किङ व्यवस्थापन, सडक बत्ति जडान, ट्राफिक संकेत र बेवारिसे पशुचौपाय व्यवस्थापनलगायतका योजना ल्याएको छ । ती योजना सम्बन्धित सरोकारवाला निकायको समन्वय तथा सहकार्यमा अघि बढाइनेछ । नयाँ सवारी चालकलाई कक्षा सञ्चालनदेखि विद्यार्थी सचेतनासम्मका कार्यक्रम सञ्चालन गरिने भएको छ
वीरेन्द्रनगरस्थित उपत्यका नगर विकास समितिले उपलब्ध गराएको स्थानबाट प्रदेश ट्राफिक प्रहरीको कार्यालय सञ्चालन भइरहेको छ । कर्णाली प्रदेशमा दर्ता भइ सञ्चालनमा रहेका विभिन्न प्रकृतिका सवारी साधन मात्रै १९ हजार एक सय एक छन् । सवारी साधनको तुलनामा ट्राफिक जनशक्ति निकै कम छ । खासगरी सडक प्रयोगकर्ता तथा सवारी चालकलाई ट्राफिक सचेतनाको अभाव र अटेरीपनाका कारण पनि ट्राफिक नियमको उल्लघंन हुने गरेको प्रहरीको भनाइ छ । आजको साझाबिसौनी दैनीकमा खबर प्रकाशित छ ।


तपाईको प्रतिक्रिया