एक महिनासम्म पनी खुलेन (एचपीसी) मा लागेकाे ताला, छानवीनहुनु पर्ने माग


सुर्खेत ।

लेकवेशी नगरपालिका वडा नम्बर -५ बारगाउमा रहेको हिमालयन पर्माकल्चर केन्द्र (एचपीसी) मा लागेको ताला २४ दिन पुग्दा पनी खुलन सकेको छैन् ।
संस्थाका कार्यकारी प्रमुख भुवन खड्काले विकासको नाममा संस्थाको नाममा आएको रकम हिनामिना गरेकाे भन्दैे स्थानियले जेठ १ गते कार्यालयमा तालाबन्दी गरेका थिए ।
गाउँमा विकास निमार्णका कामहरु गर्ने भनी संस्थामा आएको बजेट दुरुपयोग भएको उनिहरुको आरोप छ ।
बैदेशीक संस्थाले दिएको २०१९ देखि २०२१ सम्मको बजेट करिव ४ करोड रकम मनपरी प्रयोग गरेको उनिहरुको भनाई छ ।
स्थानीयले एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय बासीले कर्मचारी आह्वान विज्ञापनको आधार नियमावलीमा उल्लेख नभएको, विज्ञापन विपरित कर्मचारी नियुक्त गरेको, कार्यालयमा खानपान र बसानमा मनोमानी गरेको, समुदाय समुदाय बिच झगडाको सुरुवात गरेको, श्रीमतीलाई स्वास्थ्य तालिमको प्रशिक्षक बनाई शुल्क बढि लिएको, समुदाय र सदस्यहरुको सल्लाह सुझावको अटेरी गरी बहुमतिय प्रणाली अपनाई नक्कली काम गरेको उनीहरुको आरोप छ ।
किसान हातेकिताब खरिद गरी अन्तै वितरण गरेको, खाली चेकमा हसताक्षर गर्न लागउने, कार्यालय भित्र श्रीमान श्रीमती यौन मस्ति गर्ने गरेको, कर्मचारी विवरणमा भेतभाव गरेको, बजेट अनुसार समुदायमा हुनुपर्ने काम ४० प्रतिशत मात्र लगानी गरी बाँकी रकम प्रशिक्षण शुल्क, भ्रमण, भत्ता जस्ता कुरामा मस्ती गरेको उनीहरुको आरोप छ । कार्यकारी प्रमुखले हालसम्म पनि नियुक्ति बिनानै काम गरिरहेको विज्ञपतीमा उल्ल्ेख गरिएको छ ।
शिक्षा, स्वास्थ्य, जिविको पार्जन, क्षमता वृद्धि र खाद्य सुरक्षाका कामहरु गर्ने उद्देश्य अनुरुप २०६७ साल असार ११ गते साविकको नेटा गाविस वडा नम्वर २ मा संस्था स्थापना भएको थियो । सुरुवातमा संस्थाले गाउँमा विभिन्न किसिमका कामहरु गर्ने भनिएतापनि भने अनुसारको केहि पनि काम हुन नसकेको उनिहरुको आरोप छ । संस्थाले जनताको आशा विपरित कामहरु गरिरहेको स्थानीयबासी तथा संस्थाका पुर्व कर्मचारी दिपक बुढा गरले बताए । आफ्नो अनुकुलतामा बहुमत जुटाएर बिषेश साधारणसभा मार्फत आफ्नो अनुकुलको कामहरुगर्ने गरेको उनकाे आरोप छ ।
गरिब पिछडिएको समुदायको विकासको लागि स्थापना भएको संस्था अहिले लक्ष्य, उद्देश्यकको विपरित हिनिरहेको संस्थाका पूर्व अध्यक्ष चन्द्रबहादुर बुढामगरको भनाई छ । नमुना गाउँ बनाउने, कृषि, शिक्षा स्वास्थ्यको क्षेत्रमा उल्यखनिय काम गर्ने भनेर स्थापना भएको भएको संस्थाले गाउँनै सखाप पार्न लागेको उनको भनाई छ । हाल संस्थामा कर्मचारी नियुक्ति देखी हरेक कुरामा अनियमितता भैरहेको छ , उनले भने, ।

‘संस्थामा कर्मचारी आफ्नो नातागोता पर्ने मानिसलाई राखिएको छ । उमेरको हतबन्दी अरु गाउँलेहरुलाई लाग्ने भएपनि कार्यकारी प्रमुखलाई लागेको छैन । सरकारी निकायलाई टेरेको छैन । यसको छानबिन र दोषीलाई कारबाही गर्नु पर्छ , बुढाले भने ।
कार्यकारी प्रमुखले संस्थाका कुनै पनि कार्यक्रमको बजेट नदेखाउने बार्षिक कार्यक्रमको बारेमा जानकारी केहि पनि नदिएको पूर्व अध्यक्ष जंगबहादुर बुढा मगरले बताए । संस्थाका विभिन्न कार्यक्रमहरुको बारेमा केहिपनि जानकारी नदिएर खाली चेकमा साईन गर्न लगाउने लगायतका कामहरु गरेको उनको भनाई थियो ।
संस्थाले हाल सम्म त्यहाँको शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, क्षमता वृद्धि गर्ने कुराहरुको बारेमा आज सम्म कुनै पनि किसिमको उल्लेखनिय काम गर्न नसकेको बताइएको छ । तालाबन्दी पछि उक्त कार्यालय बन्द नै रहेको छ भने कार्यकारी प्रमुख सुर्खेतभन्दा बाहिर रहेको स्थानीयको भनाई छ ।
स्थानियले स्पष्ट माग बिना नै कार्यालयमा ताला लगाएको संस्थाका वर्तमान अध्यक्ष पूर्णमान पुलामी मगरले बताए । संस्थाको विषयमा जिल्ला प्रशासन कार्यालयमा छानविनको काम भैरहेकाले छानबिनको रिपोर्ट नआउन्जेलसम्म कार्यालय खुल्ने अवस्था नरहेको उनले बताए ।
यता कार्यकारी प्रमुख भुवन खड्काले स्थानीयको केही आरोपहरु भने स्वीकार गर्दै कर्मचारी छनोट गर्दा विषय विज्ञ, वोर्ड समिति लगायत ५ जनाको समितिले निष्पक्ष तरिकाले छनोट गरेको बताए ।

स्थानीयको स्पष्ट माग बिनानै संस्थामा तालाबन्दी गरिएको र पटक-पटक छलफलको लागि बोलाउँदा पनि कसैको उपस्थिति नभएको उनको भनाई थियो । उनले भने, ‘स्पष्ट मागहरु केहि छैनन् । छलफलको लागि बोलाउँदा कसैको पनि उपस्थिति रहदैन । संस्थाका बिल, भरपाईहरु, बार्षिक कार्यक्रमहरु हेर्न अनुरोध गरेका छौँ ।’
हाल सम्म बार्षिक रुपमा हुने कार्यक्रमहरु सबै समुदाय संग बसेर योजना बनाएर जाने उनको भनाई छ । आफु नियुक्ती भएर नै काम गरेको भन्दै उनले प्रशासनको अनुसन्धान पछि सबैकुराहरुको बारेमा सबै स्पष्ट हुने बताए ।
लेकवेशी नगरपालिकाका प्रमुख गगन सिं सुनारले भने ताला खोल्न निर्देशन दिईसकेको बताए ।
हाल कार्यलयका सबै कागजपत्रहरु छानबिनको लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ । समिति गठन गरेर छानबिनको कामहरु अघि बढिरहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख फणिन्द्र मणी पोखरेलले जानकारी दिए ।


तपाईको प्रतिक्रिया