दिपेन्द्र पंगाली ।
लेकवेशी । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ११ स्थीत सडकमा बेवारिसे रहेका १ सय ५०भन्दा बढी चौपाया व्यवस्थापन गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ११ कोे पहलमा ती चौपायालाई लेकवेशी नगरपालिका ९ स्थित चौरासे गौशालामा पठाइएको हो । सडकमा छाडिएका चौपायाका कारण दुर्घटनाको जोखिम बढेको कारण गौशालामा पठाईएको वडाध्यक्ष खिमलाल देवकोटाले जानकारी दिए ।
वडा आध्यक्ष देवकोटाले अबका दिनमा स्थानीय नागरीक जो कसैले पशु चौपाया बेवारिसे रूफमा छाडे कारबाही गरिने समेत छोडेको बताँउदै आगामी दिनमा यस्ता गतिविधी गर्ने गरेको पुष्टि भएमा कारबाही गर्ने गरी वडा कार्यालय अघि बढेको उनको भनाई रहेको छ ।


दर्शन खबर । ८ श्रावण २०७९, आईतवार