वीरेन्द्रनगरबाट फरार प्रतिवादी पक्राउ

सुर्खेत / जिल्लाको वीरेन्द्रनगरबाट फरार प्रतिवादी पक्राउ परेका छन् । भेरीगंगा नगरपालिका घर भएका उक्त फरार प्रतिवादी बुधबार बिहान १० बजेको समयमा पक्राउ परेका हुन् ।

कर्णाली प्रदेशप्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका–२ का ४० वर्षीया लोकबहादुर घर्तिमगर रहेका छन् । तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोलिले वीरेन्द्रनगर नगरपालिका–१२ एरपोर्टबाट उनलाई पक्राउ गरेको हो ।

सुर्खेत जिल्ला अदालतको लगत नम्बर ८७६ मा वन मुद्दामा ६ महिना कैद सजाय र ६० हजार जरिवाना तोकिए पछि लोकबहादुर फरार भएका थिए । प्रहरीले फरार प्रतिवादी लोकबहादुरलाई पक्राउ गरि अदालमा बुझाईएको जनाएको छ ।


तपाईको प्रतिक्रिया