अम्मर राजवंशी सुर्खेत / गुर्भाकोट नगरपालिका कृषि शाखाको सहयोग र वडा नम्बर ४ को समन्वय १५ सय सेट्लेस किमुका बिर्ना बाडिएको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष राम बहादुर डाँगी र वडा सदस्य ज्ञान बहादुर डाँगी ले आज कृषिक हरुलाई बिर्ना बाड्नु भएको हो ।
नगरपालिकाले पठाएका बिर्ना अपुग भए पछि वडा सदस्य ज्ञान बहादुर डाँगीले नर्सरी बाट निशुल्क ६ सय बिर्ना दिनु भएको थियो । सबै गरि २१ सय बिर्ना बितरण गरिएको वडा अध्यक्ष राम बहादुर डाँङीले जानकारी दिनुभयो । विशेष गरि बिर्नाहरु पशुपालन गर्ने कृषकहरुलाई बाडिएको उहाले बताउनुभयो ।
२१ सय बिर्ना बांट्दा पनि अझै कम भएको वडा अध्यक्ष डाँङीले जानकारी दिनुभयो । निकै हर्सितका साथ कृषकहरुले बिर्ना लिएको उहाले बताउनुभयो ।


दर्शन खबर । ३ श्रावण २०७९, मंगलवार