सुर्खेत/ अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राती पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मौसम विश्लेषण
हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान (normal position) आसपास अवस्थित रहेको छ।
हाल मौसमको अवस्था
हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
२०७९ साउन ३ गते (मंगलबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।रेडियो नेपाल


दर्शन खबर । ३ श्रावण २०७९, मंगलवार