छिन्चुको मदानीचौरबाट अवैध मल बोकेको टक्र प्रहरीको नियन्त्रणमा

कुलेन्द्र शाही । सुर्खेत । भेरीगंगा नगरपालीकाको वडा नम्बर १० मदानीचौरमा अबैधरुपमा ६४ बोरा मल प्रहरीले नियन्त्रणमा लिएको छ ।
आईतवार राति ८ः३० बजे भेरीगंगा नगरपालीका वडा नम्बर १० मदानीचौरमा रहेको निर्मला एग्रोभेटबाट अबैधरुपमा कर्णाली प्रदेश ०२००१ क ०१५४ नम्बरको मिनिट्रकमा ६४ बोरा मलमा ४० बोरा मलको एक हप्ता अगाडीको बिल भएको र २४ बोरा मलको बिल नभएको अवस्थामा उक्त मल बरामद गरेको इलाका प्रहरी कार्यालय छिन्चुका निरिक्षक रमेश राईले दर्शन खबरलाई बताउनुभयो ।

इलाका प्रहरी कार्यालय छिन्चुले मलसँगै मल ढुवानी गर्ने उक्त मिनिट्रकका साहु भेरीगंगा नगरपालीका १० का दयाराम अर्याल र सहचालक बाकेको राप्ती सोनारी गाउपालीकाका टीकाराम बि.क लाई पनि नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको सामग्री आवश्यक कारबाहीका लागि भन्सार नाकामा पठाउने निरिक्षक राईले बताउनुभयो । उहाले दर्शन खबरलाई भन्नुभयो ”भन्सार नाकामा खबर गरेर भेरीफाई गर्न मिल्ने भए ४० बोरा मल साहुलाई दिने यदि भेरीफाइ गर्न नमिल्ने भए ६४ बोरा मल नै भन्सार नाकामा पठाउने छौ”।


तपाईको प्रतिक्रिया