
l;;8f]njf;Lsf] cj/f]wsf sf/0f nfdf] ;do b]lv k’tnL;8sdf /x]sf] kmf]xf]/ p7fpb} sf7df8f}+ dxfgu/kfnLsfsf] sfdbf/x? . tl:a/ M k|bLk/fh jGt,/f;;
काठमाडौँ । आजबाट काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्ने भएको छ ।
महानगरले स्थानीयबासीसँग गरेको सहमति अनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने योजना अनुसार आज साउन १ गतेबाट अलग अलग फोहोर संकलन गर्न लागेको हो ।
काठमाडौंको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका बासिन्दाले आन्दोलन गरेपछि वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्न महानगरले पहल थालेको हो ।
महानगरपालिकाले शनिबार एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ ।
तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्न अनुरोध गरेको छ। यसका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कुहिने र नकुहिने फोहोर छुट्याऔं भन्दै घरदैलो कार्यक्रममा निस्किएका थिए ।
शनिबार बिहानै उनीसहित महानगरपालिकाको वातावरण विभागको टोलीनै घर दैलो कार्यक्रममा निस्किएको थियो ।
महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरबासीलाई सचेत र जानकारी गराएको थियो ।पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने जनाइएको छ ।


दर्शन खबर । १ श्रावण २०७९, आईतवार