मुख्यमन्त्री शाहीले गरे ‘कर्णाली बृहत वृक्षारोपण उत्सव’ उद्घाटन

सुर्खेत / कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘कर्णाली बृहत वृक्षारोपण उत्सव’ उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्री शाहीले सुर्खेतको साँस्कृतिक तथा धार्मिक पर्यटकीयस्थल काक्रेबिहारमा आज वृक्षारोपण गरी उत्सव उद्घाटन गर्नुभएको हो । क्लिन एण्ड ग्रीन मुभमेन्ट, उद्योग बाणिज्य संघ सुर्खेत, लायन्स क्लब र नेपाल चिकित्सक संघ कर्णाली प्रदेशद्वारा वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतमा आयोजित उत्सवको क्रममा उहाँले काक्रेबिहारको दक्षिणपट्टिको जंगलमा वृक्षारोपण गर्नुभयो ।

उत्सवमा बोल्दै मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णाली प्रदेश सरकारले आगामी आव।२०७९÷०८० लाई ‘वृक्षारोपण वर्ष’का रुपमा मनाउने नीति तथा कार्यक्रम बनाएको छ । त्यसका लागि वृक्षारोपण कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने छ ।” प्रदेश सरकारले हरित अर्थतन्त्रमा विशेष जोड दिएको उहाँको भनाई थियो ।

आगामी आव।२०७९÷०८० को पूर्वसन्ध्यामा आयोजित उत्सवअन्तरगत एक हजार वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी ९वन अधिृकत० सूर्य शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आज बेल, तिजु, रिट्ठा र ईपिलका बिरुवाहरु लगाईएको छ ।

उत्सवमा फ्युचर नेपाल, कर्णाली केयर हस्पिटल, प्रशान्ति वृद्धाश्रम, नेपाल पत्रकार महासंघ, जिल्ला वन कार्यालय, क्यान महासंघ वीरेन्द्रनगर जेसिस र बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतले समन्वय गरेका थिए ।

उत्सवमा डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावत, चिकित्सक संघ कर्णाली प्रदेशका अध्यक्ष डा।नवराज केसी, उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल, लायन्स क्लब तथा क्लिन सुर्खेत, ग्रीन सुर्खेतका प्रतिनिधिहरु सहभागिता रहेको थियो ।कोरपाटी


तपाईको प्रतिक्रिया