रुकुम पश्चिममा सडक निर्माण समितिका अध्यक्षलाई कालोमोसो

सुर्खेत / रुकुम पश्चिममा एक सडक उपभोक्ता समितिका अध्यक्षलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दलिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर ७ का जंगबहादुर नेपालीलाई स्थानीय केहि युवाले कालोमोसो लगाएका हुन् । आठबिसकोट ७ मा को ढुंगेला सिमतारा गारा सडक निर्माण समितिका अध्यक्ष नेपालीलाई सडकको बजेट व्यक्तिगत खातामा हालेको भन्दै केहि दिन यता सामाजिक सञ्जालमा बिरोध हुँदै आएको थियो ।

शुक्रबार आठबिसकोटको राडि बजार स्थित एक होटेलमा छलफल गर्न बोलाएर स्थानीय केहि युवाले कालोमोसो दलेको भिडियो सामाजिक सञ्जालमा आएको छ ।मूलपाटी


तपाईको प्रतिक्रिया