मौरी पालक किसानहरु द्धारा वृक्षारोपण

सुर्खेत / विरेन्द्रनगरमा मौरीपालक किसानहरुले वृक्षारोपण गरेका छन । मौरीको मह उत्पादनमा सहयोग पुग्ने उदेश्य सहितकरिव ३०० सय विरुवाहरु रोपिएको मौरीपालक किसान गोविन्द तिमिल्सेनाले जानकारी दिए । विरेन्द्रनगर नगरपालीका १० काक्रेविहार क्षेत्रमा चिउरी,कल्की, लिफ्टिस लगायतप्रजातिका विरुवाहरु रोपिएको छ ।

मौरीलाई मह संकलनमा आवश्यक विरुवाहरुमासिदै गएकोले मौरीपालन व्यवसाय नै संकटमा पर्ने देखीएकोले केही मात्रामा भएपनि विरुवाहरु रोपिएको तिमिल्सेनाको भनाई छ । साथै, जैविक विविधता र प्राकृतिक सौन्दर्यको लागी यस्ता फुल फुल्ने विरुवाहरुको संरक्षण आवश्यक रहेको समेत तिमिल्सेनाले जानकारी गराए । विरेन्द्रनगर नगर पालीकामा मात्रै हाल करिव ४०० मौरीका घार रहेको छन । मौरी चरिचरणको क्षेत्र अभावलाई यस बृक्षारोपणले केही मात्रामा सघाउ पुग्ने मौरीपालक किसानहरुको अपेक्षा छ ।

मह सेवन दिर्घ जिवन र शारिरिक सौन्दर्यताको लागी उपयोगी मानिन्छ । यस व्यवसायलाई दिर्घकालीन रुपमा अगाडी बढाउनको लागी सरकारी निकायवाट नीतिगत र कार्यगत सहयोगको आवश्यकता रहेको मौरी पालक किसान चेतन प्रसाद चालिसेले बताए । मानव स्वास्थ्य र आयुर्वेदीक औषधीमा समेत प्रयोग हुने महको गुणस्तरिय रुपमा उत्पादन गरि कर्णाली प्रदेशलाई महमा आत्मनिर्भर बनाउनसम्वद्घ सवै पक्षको सहकार्य र समन्वयआवश्यक रहेको सरोकारवालाको भनाई छ ।

 


तपाईको प्रतिक्रिया