भेरीगंगा / भेरीगंगा नगरपालीकाले आज नगरस्तिरीय सार्वजानिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । नगरपालीकाबाट प्रदान हुने सेवा र विकासको अबस्थनका विषयमा सवालजवाफ सहितको सार्वजनिक सुनुवाई हुन लागेको हो ।
नगरपालीकाबाट प्रदान हुने सेवा,विकास निर्माणका विषयमा नगरवासी विचको दोहोरो सम्बाद स्थिापित गर्न कार्यक्रम हुन लागेको प्रमुख प्रसाशकीय अधिकृत कृष्ण प्रसाद पोख्रेलले बताउनुभयो ।
सार्वजनिक सुनुवाई सम्बादबाट पारदर्शिता तथा जवाफदेहिताको माध्यमबाट सुशासनको प्रत्याभुति दिन टेवा पुर्याउने उद्धेश्य रहेको पोख्रेलको भनाई छ ।
भेरीगंगा नगरकार्यपालीकाको कार्यालय छिन्चु सुर्खेतको आयोजनामा आज दिउँसो २ बजेपछि नगरपालीका स्तिरीय सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको हो । ग्लोबल समाचार



दर्शन खबर । ३१ असार २०७९, शुक्रबार