शिवालयमा कार्यरत करार कर्मचारीले लगाए गाउपालीकाको कार्यालयमा तालाबन्दी

सुर्खेत / शिवालय गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले गाउपालीकाको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन । आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन ।

तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ । करारमा भर्ना गरिएका कर्मचारीलाई तत्काल नियुक्ति दिनु पर्ने र करार सम्झौताले निरन्तरता पाउनु पर्ने उनिहरुको माग छ । करार कर्मचारीको म्याद थप नगर्दासम्म गाउपालीकाको कार्यालयमा लगाएको ताला नखोलिने कर्मचारीले बताएका छन ।

बिहानैदेखि करार कर्मचारी र स्थिानीयहरुले गाउँपालिकाको कार्यालयमा धर्ना र सडक जाम गरेर गाडी आवतजावतमा रोक लगाएका छन भने गाउपालीका अध्यक्ष शेर बहादुर शाही फरार रहेको एक करार कर्मचारीले दर्शन खबरलाई जानकारी दिनुभयो । गाउँपालिकाको असार २८ गतेको बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो ।


तपाईको प्रतिक्रिया