भेरीगंगामा एक महिने सिप विकास तालिम सम्पन्न 

कुलेन्द्र शाही भेरीगंगा / ”आर्थिक समृद्धिको आधार लघुउद्यम मार्फत रोजगार” नाराका साथ भेरीगंगामा एक महिने सिप विकास तालिम सम्पन्न भएकोे छ । भेरीगंगा नगरपालीका ९ जहरे बजारमा भएको तालिममा भेरीगंगा नगरपालीकाको आर्थिक सहयोग र उद्योग विकास शाखाको आयोजनामा एक महिने ढाकाको सामाग्री उत्पादन सम्बन्धि सिप विकास तालिम आज (मंगलवार) सम्पन्न भएको छ ।

May be an image of 16 people, people standing and outdoors

उपप्रमुख स्वरोजगार कार्यक्रम अन्तर्गत महिलाहरुलाई एक महिने ढाकाको सामाग्री उत्पादन सम्बन्धि तालिम सिप विकास तालिम संचालन गरिएको थियो । नगरपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको एक महिने तालिमको अवधिमा व्याग, पर्स, खादा लगाएत अन्य सामाग्री बुन्ने तालिम दिइएको तालिमकी प्रशिक्षक खिमा कुमारी स्वती मगरले बताउनुभयो ।

महिला सशक्तीकरणका लागि सीपको आवश्यकता पर्ने र सीपको लागि तालिमको आवश्यकता पर्ने भएकोले महिलाहरुलाई विभिन्न प्रकारका सीप प्रदान गर्नुपर्ने भेरीगंगा नगरपालीका नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताउनुभयो । कार्यक्रममा नगर प्रमुख ढकालले अबको बाटो भनेको आर्थिक क्रान्ति भएकोले सिपमुलक तालिम आत्मनिर्भर भएको बताउदै आर्थिक क्रान्तिको मेरुदण्ड सिपमुलक सिकाई भएको बताउनुभयो ।

May be an image of 7 people and people standing

प्रमुख ढकालले अब बेरोजगारी समस्या समाधान गर्नका लागि पनि आफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनुभयो ।यस्तै नगर उपप्रमुख धनसरा बोहोराले मुलुकमा अबको बाटो भनेको आर्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनुभयो । उहाले महिलाहरुलाई आत्मनिर्भर जिबिकोपार्जन हुने खालका तालिमलाई पहिलो प्राथमिकता दिएकोले बिभिन्न खालका तालिम गोष्ठीलाई व्यवहारमा लागु गर्न प्रशिक्षार्थी आग्रह गर्नुभयोे ।

वडा नं ५ का वडा अध्यक्ष प्रेम बहादुर सारु, कार्यपालिका सदस्य गौमाया खत्री, कार्यपालिका सदस्य ओपिसरा वस्याल उद्योग विकास शाखा फोकल फर्सन चित्रा डांगी लगायतले महिलाहरुको सशक्तिकरणलाई जोड दिंदै सिकेका सीपको व्यवहारमा लागु गर्न जोड दिनुभयो ।महिलाहरुलाई आत्मनिर्भर बनाउन र रोजगारीमा सहभागिता गराउनका लागि एक महिने सिप विकास तालिम संचालन गरिएको उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेलले दर्शन खबरलाई बताउनुभयो ।

May be an image of 4 people and people standing

उक्त तालीममा उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेल, भेरीगंगा नगरपालीका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, नगर उपप्रमुख धनसरा बोहोरा आर्थिक विकास संयोजक वडा नं ५ का वडा अध्यक्ष प्रेम बहादुर सारु, कार्यपालिका सदस्य गौमाया खत्री, कार्यपालिका सदस्य ओपिसरा वस्याल उद्योग विकास शाखा फोकल फर्सन चित्रा डांगी, प्रमुखका स्वकीय सचीव मान बहादुर नेपाली, प्रशिक्षक खिमा कुमारी स्वती मगर लगाएत अन्य व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजिकरण उद्यम विकास सहजकर्ता लाल बहादुर कार्की र सुनिता जैसीले गर्नुभएको थियो भने प्रशिक्षार्थीहरुमा भेरीगंगा नगरपालीका वडा नं ६,७ र ९ का १२ जना महिलाहरुको रहनुभएको थियो । तालिम जेठ ३० गते सोमबार देखि सुरु भई असार २८ अर्थात आज मंगलवार सम्पन्न भएको सहजकर्ता लाल बहादुर कार्कीले दर्शन खबरलार्ई जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुलाई प्रशिक्षार्थीले फुलमाला तथा अबिरआबिर गरेका थिए भने प्रशिक्षार्थीलाई ८० प्रतिशत छुटमा सिलाई मेसिन र प्रमाण पत्र वितरण गरिएको छ ।

May be an image of 16 people, people standing and outdoors

May be an image of 1 person and indoor

May be an image of 7 people and people standing


तपाईको प्रतिक्रिया