सुर्खेत / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा साउन पहिलो सातामात्र सार्वजनिक गर्ने भएको छ । असार मसान्तमा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले काम नसकिएकाले ७(८ दिनपछि नतिजा सार्वजनिक गर्ने भएको हो । उत्तरपुस्तिका परीक्षणको काम सकियो । कम्प्युटरमा इन्ट्री र त्रुटि सच्याउने काम भइरहेको छु, एसईई उपनियन्त्रक भक्तबहादुर गोदारले भने,नतिजा सार्वजनिकको मिति तय भएको छैन । तर, ७ /८ दिनपछि मात्र हुन्छ ।
असार मसान्तमा सार्वजनिक गर्ने भनिए पनि स्थानीय चुनावका कारण ढिला भएको उनले बताए । चुनावको कारण १० दिन काम राम्रोसँग हुन पाएन त्यसैले ढिला भएको हो उनले भने ।गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।


दर्शन खबर । २८ असार २०७९, मंगलवार