जहरेमा मोटरसाईकल र ट्रक ठोकिदा एक जना गम्भीर घाईते

भेरीगंगा / भेरीगंगा नगरपालिका वडा नम्बर ९ जहरे बजार मा ट्रक र मोटर साईकम ठोक्किदा मोटर साईकल चालक घाईते भएका छन्। छिन्चु बाट मेहलकुना जादै गरेको ना २ क २२३ नम्बर को मालबाहक ट्रक र झिङ्गनी बाट जहरे बजार हाईवेय निस्किदै गरेको भे ९ प ६६८४ नम्बर को मोटरसाईकल ट्रकको पछिल्लो भागको टायरमा ठोकिएर दुर्घटना भएको अस्थायी प्रहरी बिट जहरेका हवल्दार खड्का प्रसाद न्यौपाने जानकारी दिनुभयो।

उहाका अनुसार ट्रक चालक तथा सह चालक गाडी छोडेर फरार भएका छन्। मोटर साईकल चालक बर्ष २५ का प्रेम बहादुर वली को खुट्टा फ्याक्चर भएको र स्थानिय अनमोल पोलिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगंज रिफर गरिएको  जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया