बाँके । नेपालगञ्जस्थित मेरो प्लानेटको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का चुन्नु जसगढका छोरा १४ बर्षीय अल्तमस जसगढको मृत्यु भएको हो ।
उनको आज मध्यान्ह १२ बजे मेरो प्लानेटको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान गर्न उक्त प्लानेटका तीन जना कर्मचारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


दर्शन खबर । २६ असार २०७९, आईतवार