
काठ्माडाै ।
सिद्धार्थ बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बिमा सेवा (बैंकास्योरेन्स)सम्बन्धी सम्झौता भएको छ ।
बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सिनाले बैंकास्योरेन्स्सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै सिद्धार्थ बैंकका देशभरका शाखाबाट सानिमा लाइफ इन्स्योरेन्सको जीवन बिमा योजना खरिद गर्न सकिने भएको छ ।
बैंकबाटै बिमा शुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।


दर्शन खबर । २२ जेष्ठ २०७६, बुधबार