अर्थ मन्त्रालय प्रधानमन्त्री देउवा आफैँले सम्हाल्ने

सुर्खेत / अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्नु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै सम्हाल्नु हुने भएको हो ।

आज बुधवार शर्मामाथि छानबिन गर्न संसदले ११ सदस्यीय समिति गठन गरेपछि उहाँले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिनुभएको हो ।

शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा ९२० अनुसार देउवालाई अर्थ मन्त्रालयको जिम्मेवारी तोक्नुभएको हो ।

शर्मा नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री बन्नुभएको थियो । शर्मामाथि छानबिन सकिएपछि मात्र नयाँ मन्त्री पठाउने माओवादीको तयारी छ । आज संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै माओवादी नेता वर्षमान पुनले तत्कालै कुनै पनि नेतालाई अर्थमन्त्रीमा नपठाइने बताउनुभएको थियो ।


तपाईको प्रतिक्रिया