सुर्खेत/ रोल्पामा रोकिराखेको एक एक्साभेटरमा आगजनी भएको भएको छ । त्रिवेणी गाउँपालिका–५ झिनुवास्थित नेर्पा–घर्तिगाँउ सडक खण्डमा रोकिराखेको बा २ क ८३६१ नं को एक्साभेटर गएराति आगजनी भएको हो ।
एक्साभेटर रातको करिब २ः३० बजे आगजनी भएको इलाका प्रहरी कार्यालय होलेरिका प्रमुख प्रहरी निरीक्षक मधुसुदन बि कले जानकारी दिए ।
राति बिस्फोटनको ठूलो सुनेको र बाहिर निस्केर हेर्दा एक्साभेटरमा आगो लागिरहेको देखेको एक्साभेटर चालक सन्दीप कुमालले बताए । गाउँलेसँग हारगुहार गरी आगो निभाउने प्रयास गर्दा पनि निभाउन नसकेको उनले बताए ।
केही समयअघि देखि त्यहाँ काम गर्दै आएको एक्साभेटरलाई आज बुधबार अन्यत्र लैजाने तयारी भएको चालक कुमालले बताए ।
आगजानीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । २२ असार २०७९, बुधबार