सुर्खेत / सामाजिक सञ्जालमा भाइरल टिकटक भिडिओको विषयमा एमाले नेता गुलाबजंग शाहले प्रष्ट्रीकरण दिएका छन् । नेता शाहले सोमबार पत्रकार सम्मेलन गर्दै टिकटक भिडिओमा प्रविधिको दुरूपयोग गरिएको बताएका हुन् ।
नेकपा (एमाले) पोलिट ब्युरो सदस्य तथा कर्णाली प्रदेश सह–इन्चार्ज समेत रहेका शाहले टिकटक भिडिओ सामजिक सञ्जालमा भाइरल बनाएर आफुमाथी अन्याय भएको बताए ।
शाहले भने, ‘त्यो भिडियो हेर्दा मलाई इमोसनलेस भएर सुतेको देखाइएको छ । मेरो शरीर छैन, आँखा छैन, जुँगा पनि ठूलाठूला बनाइएको छ । मायाप्रितिको गीत बजाउँदा मेरो थोरै मात्र पनि गतिविधि भएको भए, मेरो सहभागीता भएको भए, आरोप लगाउन सकिन्थ्यो । यदि त्यो यथार्थ भएको भए मैले पनि केही रियाक्ट गर्थेँ होला नि त ।’
यस्तै, नेता शाहले समाजमा नकारात्मक सन्देसहरू मात्रै पैदा रहेको र भिडिओमा कुनै सत्यता नभएको दाबी गरे । साथै आफु अन्यायमा परेकोले न्याय माग्न पत्रकार सम्मेलन गुर्न परेको बताए ।
आइतबार पार्टीको एक सल्यान जिल्ला नेतृसँगको टिकटक भिडिओ बाहिर आएको थियो । नेपालीरैबार


दर्शन खबर । २० असार २०७९, सोमबार