सुर्खेत / डोल्पामा घरको पर्खाल भत्किएर एकको मृत्यु भएको छ । आइतबार साँझ पाँच बजेको समयमा जाजरकोट नलगाड नगर पालिका–७ का भरत विकको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार डोल्पाको शे–फोक्शुण्डो गाउँपालिका–३ मा मजदुरी गर्दै आएका अन्दाजी ३१ वर्षीया भरतको मृत्यु भएको हो । शे–फोक्शुण्डो–३ टसि तुण्डुप गुरुङको वर्षातको कारणले ढुङ्गा माटोले बनेको घरको पुर्वपट्टिको कोठाको पर्खाल भत्किएर भरतको मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।


दर्शन खबर । २० असार २०७९, सोमबार