भेरीगंगाको पाडुलेमा मोटरसाईकल र जिप ठोक्किदा दुईजना घाईते

सुर्खेत / सुर्खेतको विरेन्द्रनगरबाट छिन्चु आउदै गरेकोे भे १० प ६६५८ नम्बरको मोटरसाईकल र छिन्चुबाट वीरेन्द्रनगर जादै गरेको बा ११ च ९३९३ नम्बरको टाटासघंको जिप भेरीगंगा नगरपालीकाको पाडुलेमा ठोक्किदा मोटरसाईकल चालक र पछाडीका सवार गरि दुबै जना घाईते भएका छन ।

घाईते मोटरसाईकल चालक बर्दियाको बढैयाताल गाउँपालीका वडा नम्बर १ का करण वि सी र पछाडीका सवार सोही ठाउँका मछिन्द्र मल्ललाई भेरीगंगा पोलिक्लिनिकमा सामान्य उपचार पछि वीरेन्द्रनगर रिफर गरिएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । जिप चालक भने फरार रहेका छन ।


तपाईको प्रतिक्रिया