सुर्खेत/ गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट सल्यानको त्रिवेणी गाउँपालिकाका चार कृषक सम्मानित हुनुभएको छ ।
कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरे बापत गाउँपालिकाले चार कृषकलाई सम्मान गरेको हो ।
गाउँपालिका अध्यक्ष सर्वोत्कृष्ट पुरस्कारबाट त्रिवेणी गाउँपालिका वडा ५ ढोरचौर बाख्रा पालन व्यवसायी नेत्रलाल खड्का सम्मानित हुनुभएको छ । गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनले खड्कालाई नगद रु ५० हजारसहित सम्मान पत्र प्रदान गर्नुभयो ।
यस्तै, गाउँपालिका अध्यक्ष उत्कृष्ट पुरस्कारबाट त्रिवेणी–४ फलावाङमा भैँसी पालन गर्दै आउनुभएका कुलबहादुर भण्डारीलाई नगद रु २० हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।
त्यस्तै, त्रिवेणी–२ का कर्णबहादुर थापा र त्रिवेणी ६ सिमापाखाका रत्नबहादुर रेउले तरकारी खेतीबाट गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट रु २० हजारसहित सम्मानित हुनुभएको छ ।
सम्मान कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका उपाध्यक्ष सिता खड्काले पुनले कृषि क्षेत्रमा पछिल्लो समय केही सुधार देखिएको बताउँदै धेरै मेहेनत गरेर राम्रो काम गरेका किसानहरूबाट अरूले पनि सिक्नु पर्ने बताउनुभयो ।
किसानलाई प्रोत्साहन गर्न सके मात्र यस क्षेत्रको रूपान्तरण सम्भव हुने पुनको उहाँको छ ।


दर्शन खबर । १६ असार २०७९, बिहीबार