छिन्चुमा बजार सरसफाई कार्यक्रम सम्पन्न

कुलेन्द्र शाही सुर्खेत / भेरिगंगा नगरपालिका वडा नम्बर १२ को मुख्य बजार छिन्चु सरसफाइ कार्यक्रम गरिएको छ ।

भेरीगंगा नगरपालीका नगर कार्यपालीकाको कार्यालयको आयोजना तथा उद्योग वाणिज्य संघ भेरी र दिगो विकास लक्ष्य परियोजनाको सहयोगमा सरसफाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख यज्ञ प्रसाद ढकालले नगरबासीलाई आ आफ्नो घर आँगन सफा राख्न र जथाभाबी फोहोर नगर्न आग्रह गर्नुभएको छ । यस्तै फोहोर बाहिर फाल्नु हुँदैन भन्ने चेतनाको विकास गराउनु नै अभियानको लक्ष्य भएको नगर प्रमुख ढकालले बताउनुभयो ।

यस्तै उपप्रमुख धनसरा बोहोराले भेरीगंगा नगरपालीकाका अन्य बजार तथा गाउँ टोलहरुमा पनि सरसफाई कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा ,प्रमुख प्रसाशकिय कृष्ण प्रसाद पोख्रेल,वडा नम्बर १० का वडा अध्यक्ष बिर बहादुर बस्नेत, वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर डाङ्गी, उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल, उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेल, इलाका प्रहरी कार्यालय छिन्चु लगाएत विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि र स्थिानिय नागरिकहरुको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया