लगातारको वर्षाले तराईका जिल्ला डुवानमा

सुर्खेत / हिजो बिहानैदेखि भएको वर्षाका कारण मोरङको जनजीवन प्रभावित भएको छ । झापाको १ सय ९४ घरपरिवारका ८ सय ५४ जना बाढी र डुवानका कारण विस्थापित भएका छन् ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जिल्लाको गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, बाह्रदशी गाउँपालिका र कमल गाउँपालिका बढी प्रभावित बनेको बताउनुभयो ।

उहाँले बाह्रदशी गाउँपालिकामा बाढीका कारण सुकुम्बासी बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित बनेको पनि बताउनुभयो ।
बाढी र डुबानका कारण प्रभावित बनेका सबैलाई सुरक्षित स्थानमा राखिएको र सबैलाई सतर्कता अपनाउन उहाँले आग्रह समेत गर्नुभयो ।


तपाईको प्रतिक्रिया