अछामका वडाध्यक्षले आफूले पाएको मतको दोब्बर संख्यामा बिरुवा रोपे

सुर्खेत / अछामको तुर्माखाँद गाउँपालिका–४ का वडाध्यक्षले आफूले पाएको मतको दोब्बर संख्यामा बिरुवा रोप्नुभएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा हिजो वडाका सार्वजनिक स्थानमा २ हजार १ सय ३० ओटा बिरुवा रोपिएको हो ।

मतदाताको सम्मानसँगै हरियाली तुर्माखाँदु अभियान अन्तर्गत वृक्षारोपण गरिएको वडाध्यक्ष पदमबहादुर बिसीले जानकारी दिनुभयो । साथै जलवायु परिवर्तनविरुद्धको अभियानलाई साथ दिन आगामी पाँच वर्षभित्र वडाको जनसंख्या बराबर बिरुवा रोप्ने लक्ष राखिएको उहाले बताउनुभयो ।

वडाले विद्यालय, स्वास्थ्यचौकी, हुलाक कार्यालयजस्ता सार्वजिनक क्षेत्रमा वृक्षारोपण गरेको छ । रोपिएका बिरुवाको संरक्षण गर्ने संस्थालाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गरिएको वडाध्यक्ष बिसीले जानकारी दिनुभयो ।

 

 


तपाईको प्रतिक्रिया