नेपाली कांग्रेसको जनजागरणको समापन जेठ २५ गते

सुर्खेत ।
जनजागरण अभियान सञ्चालन गरिरहेको नेपाली कांग्रेस सुर्खेतले पहिलो चरणको अभियानको समापन आउदो जेठ २५ गते गर्ने निर्णय गरेको छ ।
सोमबार पार्टी कार्यालय सुर्खेतमा बसेको बैठकले गत बैशाख २३ गतेदेखि थालिएको कांग्रेसको पहिलो चरणको जनजागरण अभियान सफल भएको यसको समापन भव्यरुपमा गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति कमलराज रेग्मीको अध्यक्षतामा बसेको बैठकले समापन आउदो जेठ २५ गते दिउँसो १ बजे पार्टी कार्यालयमा गर्ने निर्णय गरेको हो ।
पहिलो चरणमा जिल्लाका एक दर्जन स्थानहरुमा केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा अभियानहरु सम्पन्न भएका छन ।
अभियान पूर्णरुपमा सफल भएको र यसले कार्यकर्ताहरुमा उत्साह थपिएको कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बताए । उनले यो अभियानले गाउँगाउँमा कार्यकर्ताहरु उत्साहित भएको बताए ।
उनले संंघीयता अनुसार पार्टीको पनि संरचना हुनुपर्ने, पार्टीभित्रको गुट उपगुटको अन्त्य हुनुपर्ने बताउदै एकताबद्ध भएर गएमा आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दावी गरे ।


तपाईको प्रतिक्रिया