सुर्खेत / सोलुखुम्बुमा वैवाहिक करणीको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । गोरखा घर भई सोलुखुम्बुमा पत्रकारिता गर्दै आएका पत्रकार वैवाहिक करणीको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
ती पत्रकारमाथि पटक–पटक श्रीमतीलाई यातना दिएको तथा करणी गरेको आरोप लागेको प्रहरी नायब उपरिक्षक सुनिल जंग शाहले बताए । गत शुक्रबार सदरमुकाम सल्लेरीबाट ती पत्रकार पक्राउ परेका थिए । आज आइतबार जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी अनुसन्धान सुरु गरेको जनाइएको छ । तर, आरोपितले भने झुटो आरोपमा फसाउन खोजिएको दाबी गरेका छन् ।


दर्शन खबर । १२ असार २०७९, आईतवार