कर्णाली प्रदेशको बजेटमा सुदूरपश्चिमलाई योजना

सुर्खेत / कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९ ०८० को वार्षिक बजेटमा सुदुरपश्चिम प्रदेशका केही जिल्लाको बजेट पनि समेटिएको छ । कर्णालीको बजेट प्रकाशन गरिएको रातो किताबमा सुदूरपश्चिमका जिल्ला समेटिएको पाइएको हो ।
बजेट किताबमा सुदुरपश्चिम प्रदेशका बझाङ, दार्चुला र बैतडी जिल्ला समेटिएका छन । यी जिल्लाहरुका लागि एक करोड ३० लाख बजेट विनियोजन भएको छ।

कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले वेवसाइटमा रातो किताबको पिडीएफ राखेको छ। उक्त रातो किताबको पेज नम्बर २४९ मा बजेट यी कार्यक्रम समावेश गरिएको हो।

जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्तर्गत नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ।

सुदूरपश्चिममा ३ जिल्लाका लागि तटबन्ध तथा बाँध निर्माण गर्न ९ योजना छनोट गरिएको छ। न्यूनतम १० लाख देखि अधिकतम २० लाखसम्म विनियोजन गरेको बजेटको कूल रकम एक करोड ३० लाख रहेको छ।

संघीय सरकारबाट प्राप्त सशर्त अनुदान अन्तर्गतको रकम कर्णालीमा आएको कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बताउनुभयो ।
मन्त्री विष्टका अनुसार कर्णालीको कुल बजेटसँग अहिले यो बजेटपनि जोडिएको छ ।


तपाईको प्रतिक्रिया