
कला संस्कृती पर्यटन प्रवद्र्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणीज्य संघ भेरिको सहआयोजनामा सन्चालन भैरहेको भेरिगङ्गा उपत्यका महोत्सवमा शनिबार मलेसिया यै भन्दै स्टेजमा उक्लेका लोक दोहोरी गायक पशुपति शर्माले क्यापस पढ्न आउने, झम झम दर्कियो पानी, लुट्न सके लुट कान्छा लगायत दर्जन गितहरु गाएर दर्शकहरुलाइ नचाएका थिए ।
त्यस्तै आज महोत्सवको तेस्रो दिन आइतबार सबैले रुचाएका गायक को होला त्यो म सङ्ग आँखा जुजाउने, कोसेली,देउराली लागायत थुप्रै चर्चाका गित गाएका लोक पप गायक सुनिल गिरी र सबैलाइ हसाउने हास्य कलाकार प्रकाश कडेल (गुलेनी कान्छा)आउने भएका छन ।


दर्शन खबर । १९ जेष्ठ २०७६, आईतवार