सुर्खेत / कालिकोटका एक १४ वर्षीय बालक १७ दिनेदेखि बेपत्ता भएका छन्।
नरहरिनाथ–९ लालु घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ छवि आधारभूत विद्यालयमा अध्ययनरत विनोद बिक अझै भेटिएका छैनन्।
कक्षा ८ मा अध्ययनरत विनोद २२ जेठको बेलुका कोठाबाट निस्किएका थिए। विनोदका आमाबुवाले उनीसहित तीन सन्तानलाई अध्ययनका लागि मुलपानीस्थित डेरामा राखेका थिए।
उनीहरुलाई डेरामा राखेर आफूहरु कामको खोजीका लागि भारत गएको उनकी आमा अप्सरा बिकले बताइन्। छोरो हराएको खबरपछि नेपाल आएकी उनले भनिन्, ‘‘हामीले धेरै ठाउँमा खोज्यौँ। प्रहरी कार्यालयमा समेत खबर गर्यौँ तर अझै छोरो भेटिएको छैन।’’


दर्शन खबर । ८ असार २०७९, बुधबार