रवि लामिछानेले खोलेको नयाँ पार्टीविरुद्ध आयोगमा उजुरी

सुर्खेत – रवि लामिछानेले खोलेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानले लामिछाने नेतृत्वको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको हो ।

उजुरीमा पार्टीको नाममा ‘स्वतन्त्र’ शब्द प्रयोग भएको आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरिएको अभियानका संयोजक डम्बर शाहुले जानकारी दिनुभयो ।

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनुभएको थियो ।

उहाँको पार्टीको चुनाव चिह्न ‘घण्टी’ प्रस्ताव गरिएको छ। उजुरीका सम्बन्धमा अध्ययन तथा छानविनपछि उचित निर्णय लिने आयोगले जनाएाको छ ।


तपाईको प्रतिक्रिया