दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गयो, २ जना घाइते

दैलेख – दैलेखको भवगतीमाई गाउँपालिका ७ खोरमा मङ्गलवार बेलुकी ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

कर्णाली प्रदेश ०२ ००१ त २४८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा त्यही ठाउँका १८ वर्षीय जगत विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिनुभयो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

मृतकको शव पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया