सुर्खेतमा काँक्रेविहार हाफ म्याराथन आज

सुर्खेत – अन्तर्राष्ट्रिय ओलम्पिक डे का अवसरमा आज मंगलबार कर्णालीको राजधानी सुर्खेतमा काँक्रेविहार हाफ म्याराथनको आयोजना हुँदै छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र मिड वेस्टर्न फिटनेस सेन्टरले म्याराथन आयोजना गरेका हुन् ।

म्याराथनमा एक हजारभन्दा बढीले भाग लिने आयोजकले जानकारी दिएका छन् । विभिन्न क्लब, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, विभिन्न विद्यालय र खुलातर्फका खेलाडीहरूले सहभागिता जनाउन लागेको आयोजक संस्थाका प्रोप्राइटर सञ्जीव हमालले बताए ।

त्रिभुवन आर्मी क्लबबाट चारजना, नेपाल प्रहरीबाट तीनजना, सशस्त्र प्रहरी बलबाट दुईजना, नेपाली सेना पश्चिम कमान्डबाट एक सय १८ जना विभिन्न विद्यालयबाट एक सय १० जना खुल्लातर्फबाट दुई सय ९५ जनाको सहभागिता रहनेछ,’ उनले भने ।


तपाईको प्रतिक्रिया