जुम्लाको पातारासी गाउँपालिका घरेलु हिंसा विरोधी अभियानमा जुट्यो

सुर्खेत / जुम्लाको पातारासी गाउँपालिका घरेलु हिंसा विरोधी अभियानमा जुटेको छ । अपाङगता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न लागिपरेको हो ।
पालिका स्तरमा अभिभुखीकरण गर्ने र सचेतीकरणका माध्यमबाट सचेतना फैलाएर हिंसा न्युनिकरणमा जुटेको हो । नेपाल अपाङ्ग महिला सघं जुम्लाको आयोजना तथा पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको साझेदारीमा हिंसा विरोधी क्रियाकलाप भइरहेको महिला बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिनुभयो ।
पातारासी गाउँपालिका अध्यक्ष पुनसिंह बोहोराले सबै किसिमका महिला माथि हुने हिंसा अन्त्य गर्न महिलालाई सचेत बनाउनु आवश्यक रहेको बताउनुभयो ।
पातारासी गाउँपालिका ३ वडा अध्यक्ष गोविन्द्र रावतले अपांग मात्रै नभइ सबै महिलाहरुका लागि विशेष खालका कार्यक्रम गरिने बताउनुभयो । समाजमा फरकक्षमता भएका व्याक्तीहरुलाइ गरिने व्यवहार र हेर्न दृष्टिकोण समान हुनुपर्ने बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा ३३ जनाको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया