रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत / रुकुमपश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

रुकुमपश्चिमको राडीबाट रिम्ना तर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिबार साँझ चिसापानीबाट भेरी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

दुर्घटनामा जिप चालक बाँफिकोट गाउँपालिका ८ दुलिका कबिराम बिक र सहचालक मुसिकोट नगरपालिका ११ का कमल खड्का रहेका रहेका प्रहरीले जनाएको छ।

तीव्र गतिको कारण जिप दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। जिपमा चालक र सहचालक मात्रै रहेका प्रहरीले जनाएको छ।


तपाईको प्रतिक्रिया