सुर्खेत – रुकुममा पश्चिमा सम्पन्न ६० किलो मिटरको गुरिल्ला ट्रेल रेसमा जुम्लाका दल बहादुर कुँवर र मन्जु रावत प्रथम भएका छन्।
प्रत्येक वर्ष सञ्चालन हुने गुरिल्ला ट्रेल रेसमा पुरुष तर्फ जुम्लाको तातोपानी गाउँपालिका ७ सर्मीका दल बहादुर कुँवर र महिला तर्फ जुम्लाको कनकासुन्दरी गाउँपालिका १ कि मन्जु रावत प्रथम भएको धावक हरि बहादुर रोकायाले जानकारि दिएका छन्।
जुम्लाबाट सहभागी दुवैजनाले राम्रो उन्नति गरेका छन्, दल बहादुर कुँवर ९ औं अल्टा रारा म्याराथन द्वितीय भएका हुन्, उनले यस पटक राम्रो प्रदर्शन गरेका छन्। धावक हरि रोकायाले भने। रोकायाले सन् १९९७ देखि २००१ सम्म लगातार तीन पटक एभरेष्ट म्याराथन जितेर विश्व किर्तिमानी राखेका छन्। अहिले जुम्लामा बसेर खेलाडी जन्माइरहेका छन्।


दर्शन खबर । ३ असार २०७९, शुक्रबार