कर्णालीमा ११ महिनामा ३० प्रतिशत बजेट खर्च

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३० प्रतिशत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टका अनुसार सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को जेठसम्म ३० दशमलब २० प्रतिशत बजेट खर्च गरेको हो ।

सरकारले चालुतर्फ ३८ दशमलब ९२ प्रतिशत र पुंजिगततर्फ २४ दशमलब ०४ प्रतिशत बजेट खर्च गरेको उनले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेट ल्याएको थियो । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि असार १ गते बजेट ल्याइसकेको छ ।

आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट मन्त्री विष्टले प्रस्तुत गरेका हुन् ।


तपाईको प्रतिक्रिया