सुर्खेत – कालीकोटको खाँडाचक्र नगरपालिकामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
हिजो खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र नगरपालिका २ का ४४ वर्षका खड्के विकको मृत्यु भएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । विकलाई खोला तर्ने क्रममा बाढीले बगाएको प्याकुरेलले बताउनुभयो ।


दर्शन खबर । २ असार २०७९, बिहीबार