सुर्खेत- जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटनाका घाईतेहरुको उद्धार गरिएको छ ।
घाइतेहरु जुनीचाँदे गाउँपालिका ६ का लालबहादुर बुढा, विनिता शाही, समिक्षा, सिंह, सरिता शाही र दैलेख गुराँस गाउँपालिका वडा ७ का टोपबहादुर थापालाई हेलिकप्टर मार्फत उद्धार गरिएको जुनीचाँदे गाउँपालिका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।
नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल लगिएको नेपालीले बताए ।


दर्शन खबर । २७ जेष्ठ २०७९, शुक्रबार