कुलेन्द्र शाही जाजरकोट – पश्चिम जाजरकोट बिकास समाजले जाजरकोटको शिवालय गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई हिजो बिहिवार बधाई तथा शुभकामना सहित सम्मान गरेको छ । शिवालय गाउँपालिका अध्यक्ष,उपाध्यक्ष वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरू लगाएत कार्यपालीका सदस्यहरुलाई सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्षमा निर्वाचित शेर बहादुर शाही, उपाध्यक्ष गीता शाही लगाएत अन्य जनप्रतिनिधिलाई पनि सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरूलाई फूल, माला र अबिरले सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै नवनिर्वाचित गाउपालीका अध्यक्ष शेर बहादुर शाहीले पश्चिम जाजरकोट बिकास समाज शिवालयको संस्था भएकाले यसमा आफु व्यक्तिगत र गाउपालीकाको तर्फबाट निरन्तर जति सक्दो सहयोग गर्ने बताउनुभयो ।
यस्तै वडा नं ८ का वडा अध्यक्ष जस्बिर वलीले शिवालय गाउँपालिकाले गर्ने काम पश्चिम जाजरकोट बिकास समाजले गरेको हुदा धन्यवाद साथै यसलाई निरन्तर अगाडी बढाउदै लैजान सुझाव दिनुभएको छ भने वडा नं १ का वडा अध्यक्ष नर बहादुर रानाले अब यो संस्थाले शिक्षा र स्वास्थ्यमा जोड दिन आग्रह गर्नुभएको छ । पश्चिम जाजरकोट बिकास समाजका अध्यक्ष पुर्ण प्रसाद उपाध्यायले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना सहित यो संस्थालाई अब टोल बिकास संस्था बनाउन माग गर्नुभएको छ ।
कार्यक्रमको प्रमुख आतिथ्यतामा शिवालय गाउपालिका अध्यक्ष, शेर बहादुर शाही, बिशेष अतिथिमा उपाध्यक्ष गीता शाही, कार्यक्रमको सभा अध्यक्षतामा पश्चिम जाजरकोट बिकास समाजका अध्यक्ष पुर्ण प्रसाद उपाध्याय , प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कुमार सिहँ, वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरू, कार्यपालीका सदस्यहरु लगाएत अन्य १ सय ६ जना व्यक्तिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालन पश्चिम जाजरकोट बिकास समाजका कार्यक्रम व्यवस्थापक राम प्रसाद शर्माले गर्नुभएको थियो ।






दर्शन खबर । २७ जेष्ठ २०७९, शुक्रबार