सुर्खेत – जिल्लाको लेकबेशी नगरपालिका–३ गगन पोख्रेलको १ तले कच्ची घर जलेर नष्ट भएको छ । बिहीबार बिहान ९ः४५ बजेको समयमा घरमा खाना बनाउने क्रममा आगो सल्किएर आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आगलागीबाट पोख्रेलको घरभित्र रहेका लत्ताकपडा, भाडाकुडा, अन्नपात गरेर करिब ५०÷६० हजार बराबरको क्षति भएको छ ।
यस्तै, प्रहरीलले स्थानीय तथा प्रहरीकीको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको थियो । आगलागीबाट कुनै पनि मानवीय र पशूचौपायको क्षती नभएको प्रहरीको भनाई रहेको छ ।


दर्शन खबर । २६ जेष्ठ २०७९, बिहीबार