जिसस दैलेखको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार शाही विजयी

सुर्खेत – जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । ११ पालिकाका प्रमुखरउपप्रमुख गरी २२ जना मतदातामध्ये १३ मत पाएर शाही विजयी हुनुभएको हो । प्रमुखमा कांग्रेसकी उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले नौ मत पाउनुभयो ।

सत्ता गठबन्धनमा कांगेसका नौ, माओवादी केन्द्रका दुई र एकीकृत समाजवादीका एक गरी १२ मतदाता रहेकामा कांग्रेसका असन्तुष्ट तीन जनाले बागी उम्मेदवारलाई मत दिएपछि शाही विजयी हुनुभएको हो ।

कांग्रेसका असन्तुष्ट तीन जनाको मत थपिएपछि जिसस उपप्रमुखमा एमालेका उम्मेदवार केशवबहादुर शाही ११ मत ल्याएर विजयी हुनुभयो । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गर्नुभयो ।

बाँकी सात सदस्यमा एकमा स्वतन्त्र उम्मेदवार र ६ मा गठबन्धन विजयी भएको छ ।

कांग्रेसबाट आठबीस नगरपालिका ७ को वडा सदस्यमा निर्वाचित पार्टीका जिल्ला उपसभापति नमराज शाहीले दिएको स्वतन्त्र उम्मेदवारी खारेजीका लागि निर्वाचन आयोगमा उजुरी परेको थियो । तर आयोगले यरबोरमा पछि निर्णय लिने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको कार्यक्रमअनुसार बिहीवार चुनाव भएको हो ।


तपाईको प्रतिक्रिया